सुदूरपश्चिम प्रदेश कैलाली जिल्ला धनगढी बजारदेखि ३८ कि.मि. पूर्वमा महेन्द्र राजमार्गसँग जोडिएको गौरीगङ्गा न.पा. वडा नं.२ को पुरानो बजारमा श्री मालिका मा.वि. अवस्थित छ । यसको दक्षिणमा ध.उ.न.पा उर्मा, उत्तरमा चुरे गा.पा पश्चिममा गोदावरी नगरपालिका र पूर्वमा घोडाघोडी नगरपालिका पर्दछन् । यस नगरपालिकाको मुख्य भागमा रहेको यस विद्यालयको नजिक चौमाला वजार, स्वास्थ्य केन्द्र, इलाका प्रहरी कार्यालय, नगरपालिकाको कार्यालय, इलाका वन कार्यालय, पशु तथा कृषि केन्द्र, हुलाक कार्यालयका साथै सहकारी संस्थाहरू रहेका छन् । यो विद्यालय महेन्द्र राजमार्गवाट १ कि.मि. दक्षिणमा अवस्थित छ ।
Shree Malika Secondary School is located in the old market area of Gauriganga Municipality, Ward No. 2, which lies 38 km east of Dhangadhi Bazaar in Kailali District, Sudurpashchim Province, and is connected to the Mahendra Highway. To the south, it borders Dhangadhi Sub-Metropolitan City (Urma), to the north Chure Rural Municipality, to the west Godawari Municipality, and to the east Ghodaghodi Municipality.
Situated at the central part of the municipality, the school is close to Chaumala Bazaar, a health center, the Area Police Office, the municipal office, the Area Forest Office, livestock and agriculture centers, the post office, as well as cooperative institutions. The school is located 1 km south of the Mahendra Highway.
यो गौरीगङ्गा न.पा.महेन्द्र राजमार्गसँग जोडिएको भए तापनि यो एक ग्रामीण भेग हो । यहाँका ८०% व्यक्तिहरू कृषिमा निर्भर छन् भने वाँकी २०% बैदेशिक रोजगार, स्वदेशी स्वरोजगार र व्यापारमा निर्भर छन् । यस क्षेत्रमा विशेष गरी ब्राह्मण, क्षेत्री, जनजाति, दलित र अन्य राजी समुदायको बसोबास रहेको छ । त्यसमा पनि मुक्त कमैया शिविर र सुकुम्वासी शिविरहरू पनि प्रशस्त छन् । प्रायः हिन्दु धर्मावम्बीको बसोबास रहेको र अन्य धर्म मान्ने समुदायको पनि यस क्षेत्रमा बसोवास रहेको छ । यस गौरीगङ्गा नगरपालिका वडा नं. २ चौमालाको कुल जनसङ्ख्या ४०६० (२०७८) रहेका छ । यसको कुल क्षेत्रफल ५.९७ वर्गकिलोमिटर रहेको छ ।
यस क्षेत्रका अधिकांश व्यक्तिहरू न्यून आय भएका छन् भने कसैले आफ्नो घर सञ्चालन गर्न र छोराछोरी पढाउनको लागि खर्च जुटाउने उद्देश्यले भारत लगायत अन्य विदेशी खाडी मुलुकहरूमा गएको तथ्याङ्कले जनाएको छ । आर्थिक रूपमा कमजोर निम्न वर्ग, सुकुम्बासी, मुक्त कमैया, दलित, जनजाति र रोजगारका निम्ति भारत लगायत खाडी मुलुकमा गएका अभिभावकहरूका बालबालिकाहरू यस विद्यालयमा अध्ययन गर्न आउने गरेका छन् । हुनेखाने, व्यापारी कर्मचारीहरूले स्थानीय निजी विद्यालय र धनगढी लगायत अन्य सहरका निजी विद्यालयमा आफ्ना छोराछोरीलाई पढाइरहेको देखिन्छ । सचेत एवं शिक्षित अभिभावकका छोराछोरी यस विद्यालयमा भर्ना नहुनुले पनि विद्यालयप्रति अभिभावकहरूको ध्यान कम पुगेको देखिन्छ । अभिभावकको ध्यान विद्यालयतिर केन्द्रित गराउनका लागि अभिभावकसँग समय–समयमा अन्तरव्रिmया, समन्वय र अभिभावक सचेतना कार्यव्रmम सञ्चालन गर्ने गरिएको छ ।
स्थापना वर्ष : स्थापना वि.स. २०१६, अनुमति प्राप्त वि.स.२०१९
स्थान : साबिकको चौमाला गा.वि.स. वडा न. २ हाल गौरीगंङ्गा नगरपालिका वडा न.२, पुरानो बजार, चौमाला, कैलाली, सुदूरपश्चिम प्रदेश ।
इतिहास : हालको गौरीगङ्गा नगरपालिका (साविक मसुरिया, चौमाला र उदासीपुर गा.वि.स.) मा औपचारिक रूपमा शिक्षाको थालनी वि.स. २०१५ पछि मात्र भएको पाइन्छ । वि.स. २०१६ सालमा श्री पञ्चमीको दिन श्री सूर्य प्रकाश राणाले आफ्नै दरबारको एउटा कोठामा वीरगञ्जबाट एकजना शिक्षक बोलाई विद्यालय सञ्चालन गरेका थिए भन्ने कुरा यस क्षेत्रका जानकारहरू बताउँछन् । तत्कालीन समयमा विद्यालय सञ्चालक समितिका अध्यक्ष श्री हरिद्वारी राना र सेक्रेटरी श्री लोक बहादुर शाहीको सक्रियतामा यो विद्यालय सञ्चालन भएको थियो । स्थापनाको सुरुका दिनमा प्राइमरी पाठशाला चौमालाको नामबाट सञ्चालित भएको थियो । उक्त पाठशाला नै हाल सञ्चालनमा रहेको मालिका मा.वि. को आधारभूमि हो । पहिलो वर्ष जम्मा तीन जना विद्यार्थीहरू पाठशालामा अध्ययन गर्दथे । विद्यार्थी संख्या अन्त्यन्तै न्यून रहेको कारणले त्यस समयमा प्राइमरी पाठशाला चौमालाले सरकारी मान्यता पाउन सकेन ।
तत्कालीन समयका केही समाजसेवी र शिक्षाप्रेमीहरूको अथक प्रयासपछि २०१९ साल फागुन १६ गते प्राइमरी पाठशाला चौमालाले सरकारी मान्यता प्राप्त गरेको थियो । पाठशाला सञ्चालन कार्यलाई निश्चित ठाउँमा निरन्तरता दिन हालको यस विद्यालयको प्राङ्गणमा एउटा पर्णकुटी बनाई रूखमुनि पढाउन थालियो । तत्कालीन शिक्षक टेक बहादुर खड्काको सक्रियतामा शैक्षिक प्रगति अगाडि बढ्दै गयो । तीन वर्ष पाठशाला सञ्चालन भएपछि वि.सं. २०१९ सालमा तीन कोठे एउटा पक्की भवन निर्माण भएको थियो । जिल्ला शिक्षा कार्यालयबाट रु १,१००।– (एक हजार एक सय) अनुदानका साथै प्राइमरी स्कुल स्वीकृति–पत्र प्राप्त भएकोले वि.सं. २०१९ लाई नैं यस विद्यालयको स्थापना भएको साल मानिएको छ । तत्कालीन वि.व्य.स.अध्यक्ष ईश्वरीदत्त भट्ट र प्र.अ.कृष्ण ब. के.सी को सव्रिmयतामा वि.सं.२०३६/१/१० सालमा नि.मा.वि.सञ्चालनको स्वीकृति–पत्र प्राप्त गरेपछि प्राइमरीको सट्टा श्री मालिका नि.मा.वि. भनेर नामाकरण गरिएको पाइन्छ र तत्पश्चात् २०३८ सालमा तत्कालीन प्रधानपञ्च दिप बहादुर चन्दको विशेष सहयोगमा ९ी० एल आकारको ६ कोठे पक्की भवन निर्माण भयो ।
विद्यालयको शैक्षिक प्रगतिबाट सन्तुष्ट आम जनसमुदायको सहयोगले वि.सं. २०४६/३/११ सालमा मा.वि. कक्षा सञ्चालन भएको थियो र यो विद्यालय वि.सं.२०४८ सालदेखि प्रवेशिका परीक्षामा विद्यार्थीहरू सम्मिलित गराउँदै आएको छ । यस विद्यालयले वि.सं.२०५२ सालमा मा.वि. तहको स्थायी स्वीकृति–प्राप्त गरी श्री मालिका मा.वि. को रूपमा स्थापित हुन सफल भएको थियो । शिक्षा नै बहुमुखी विकासको मूल हो भन्ने यथार्थलाई बुझी जनसमुदायको चाहना अनुसार विद्यालयमा उच्च माध्यमिक तहका कक्षाहरू सञ्चालन गर्नु पर्ने आवश्यकता महसुस गरी विद्यालयमा वि.सं. २०६३/३/१४ देखि तत्कालीन वि.व्य.स. अध्यक्ष लोकेन्द्र बहादुर शाही र प्र.अ. रामछविला चौधरीको अगुवाइमा उ.मा.वि. तह सञ्चालनको अस्थायी सम्बन्धन प्राप्त गरेपछि श्री मालिका उ.मा.वि.मा रूपान्तरण भयो । सबैको सहयोगले निरन्तर रुपमा विद्यालय अग्रपथमा लम्किने क्रममा पूर्व वि.व्य.स.अध्यक्ष श्री डिल्लीराम आचार्य र पूर्व प्र.अ.श्री दशरथ तिवारी तथा पूर्व वि.व्य.स. अध्यक्ष श्री चन्द्र वहादुर थापा, अध्यक्ष श्री कांशी राम शमार्, र अध्यक्ष श्री जनक वहादुर साउंद, अध्यक्ष श्री प्रेम राज भट्ट तथा प्र.अ. श्री शम्भुशरणलाल कर्णको सक्रियतामा विद्यालय शिशु कक्षादेखि १२ कक्षासम्म एकै समयमा सञ्चालन भई आफ्नो प्रगतितर्फ लम्किरहेको छ । हाल वि.व्य.स अध्यक्ष श्री तेज बहादुर दियोकोटी र प्र.अ. श्री रतन प्रसाद जैशी रहनु भएको छ । यस विद्यालयमा विद्यार्थी ओसार पसार गर्न बस सेवा सञ्चालन गरिएको, कक्षा १–३ र कक्षा ६–१० सम्म अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ । हालका कक्षा ११ र १२ मा वाणिज्य, शिक्षा र कानुन विषयको पठनपाठन भइरहेको छ । यस विद्यालयले कक्षा ८, कक्षा १० र कक्षा १२ को बोर्ड परीक्षमा उत्कृष्ट नतिजा ल्याउन सफल रहेको छ । यो गुणस्तरीय शिक्षा प्रदान गर्दै यस क्षेत्रकै अग्रणी शैक्षिक संस्थाका साथै नमुना विद्यालयका रूपमा रहेको छ । हाल गौरीगङ्गा नगरपालिका वडा नं. २, चौमाला स्थित श्री मालिका मा.वि.को नामले सञ्चालित छ ।
Although Gauriganga Municipality is connected to the Mahendra Highway, it remains a rural area. About 80% of the population depends on agriculture, while the remaining 20% rely on foreign employment, local self-employment, and trade. The area is inhabited mainly by Brahmin, Chhetri, Janajati, Dalit, and other Rajhi communities. In addition, there are significant settlements of freed Kamaiya (bonded laborers) and squatters. Most residents follow Hinduism, though communities of other religions also live here.
The total population of Chaumala, Ward No. 2 of Gauriganga Municipality, was 4,060 in 2021 (2078 B.S.), with a total area of 5.97 square kilometers. Most households have low income, and many individuals migrate to India and Gulf countries to earn money for household expenses and their children’s education. Economically disadvantaged groups such as the lower class, squatters, freed Kamaiya, Dalit, Janajati, and children of parents working abroad often attend this school. Meanwhile, wealthier families, traders, and employees tend to send their children to private schools in the locality or in cities like Dhangadhi.
The fact that children of aware and educated parents are not enrolled in this school shows limited parental attention toward it. To draw parents’ focus toward the school, regular interactions, coordination, and awareness programs are conducted with them.
Establishment Year: The school was founded in 1959 A.D. (2016 B.S.) and received official approval in 1962 A.D. (2019 B.S.).
Location: The school is situated in the former Chaumala Village Development Committee, Ward No. 2, now Gauriganga Municipality, Ward No. 2, Old Market, Chaumala, Kailali District, Sudurpashchim Province.
History: Formal education in the present-day Gauriganga Municipality (formerly Masuriya, Chaumala, and Udasipur VDCs) began only after 1958 A.D. (2015 B.S.). On the day of Shree Panchami in 1959 A.D. (2016 B.S.), Shree Surya Prakash Rana invited a teacher from Birgunj and started classes in one of the rooms of his palace, according to local accounts. At that time, the school was operated under the leadership of Chairman Shree Haridwari Rana and Secretary Shree Lok Bahadur Shahi. Initially, it was run as “Chaumala Primary School,” which later became the foundation of the present Shree Malika Secondary School.
In the first year, only three students were enrolled, and due to the very low number of students, the school could not obtain government recognition. After continuous efforts by local social workers and education enthusiasts, the school received official recognition on 29 February 1963 A.D. (Falgun 16, 2019 B.S.). Classes were then conducted in a temporary hut under a tree within the current school premises. With the active involvement of teacher Tek Bahadur Khadka, educational progress gradually advanced. After three years of operation, a three-room permanent building was constructed in 1963 A.D. (2019 B.S.), supported by a grant of Rs. 1,100 from the District Education Office, along with the official approval letter for primary school operation. Thus, 1963 A.D. (2019 B.S.) is regarded as the official establishment year of the school.
Under the leadership of Chairman Ishwaridatt Bhatt and Headmaster Krishna Bahadur K.C., the school received approval to operate as a Lower Secondary School on 24 April 1979 A.D. (2036/1/10 B.S.) and was renamed Shree Malika Lower Secondary School. In 1981 A.D. (2038 B.S.), with special support from then Pradhan Panch Deep Bahadur Chand, a six-room L-shaped permanent building was constructed.
With growing community support and satisfaction with the school’s progress, approval was granted to operate Secondary-level classes on 25 June 1989 A.D. (2046/3/11 B.S.). Since 1991 A.D. (2048 B.S.), students have been appearing in the School Leaving Certificate (SLC) examinations. In 1995 A.D. (2052 B.S.), the school received permanent approval for the Secondary level and was formally established as Shree Malika Secondary School.
Recognizing education as the foundation of multifaceted development, and in response to community demand, the school began Higher Secondary classes on 29 June 2006 A.D. (2063/3/14 B.S.), under the leadership of Chairman Lokendra Bahadur Shahi and Headmaster Ramchhabila Chaudhary, after receiving temporary affiliation. The school was then upgraded to Shree Malika Higher Secondary School.
With continuous support from former chairpersons and headmasters such as Dilliram Acharya, Dasharath Tiwari, Chandra Bahadur Thapa, Kanshi Ram Shamar, Janak Bahadur Saund, Prem Raj Bhatt, and Shambhusharanlal Karn, the school expanded to operate classes from Early Childhood Development (ECD) up to Grade 12 simultaneously. At present, the School Management Committee is chaired by Shree Tej Bahadur Diyokoti, and the Principal is Shree Ratan Prasad Jaishi.
The school operates bus services for student transportation and has introduced English-medium instruction in Grades 1–3 and 6–10. In Grades 11 and 12, courses in Commerce, Education, and Law are offered. The school has consistently achieved excellent results in board examinations of Grades 8, 10, and 12. Today, Shree Malika Secondary School stands as a leading educational institution in the region, recognized as a model school for providing quality education. It is currently operating under the name Shree Malika Secondary School, located in Ward No. 2, Chaumala, Gauriganga Municipality.
हाम्रो विद्यालयको आधिकारिक दर्ता र पहिचान सम्बन्धी महत्त्वपूर्ण विवरणहरू।Key official registration and identification details of our school.
श्री मालिका माध्यमिक विद्यालयलाई गुणस्तरीय, व्यावहारिक, मूल्य–आधारित तथा अनुशासनयुक्त शिक्षा प्रदान गर्ने नमुना शैक्षिक संस्थाको रूपमा स्थापित गर्नु, जसले विद्यार्थीहरूलाई सक्षम, जिम्मेवार तथा सामाजिक चेतनायुक्त नागरिकका रूपमा विकास गरी उनीहरूलाई राष्ट्रिय विकास तथा विश्व समुदायमा सार्थक योगदान गर्न सक्षम बनाउने।To establish Shree Malika Secondary School as a model institution that provides quality, practical, value-based, and disciplined education, thereby shaping students into capable, responsible, and socially conscious citizens who contribute meaningfully to national development and global society.
ज्ञान, सिप, मूल्य तथा अनुशासनले समृद्ध गुणस्तरीय शिक्षा प्रदान गर्नु। बालमैत्री, समावेशी तथा प्रविधिमैत्री सिकाइ वातावरण सिर्जना गर्नु। शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप, सिर्जनशीलता तथा सामाजिक उत्तरदायित्वमार्फत विद्यार्थीको सर्वाङ्गीण विकास प्रवर्द्धन गर्नु। विद्यालय, अभिभावक तथा समुदायबीचको सहकार्यलाई सुदृढ गर्दै दिगो शैक्षिक प्रगतिलाई सुनिश्चित गर्नु।To provide quality education enriched with knowledge, skills, values, and discipline. To create a child-friendly, inclusive, and technology-friendly learning environment. To promote holistic student development through academics, extracurricular activities, creativity, and social responsibility. To strengthen cooperation among school, parents, and community for sustainable educational progress.
समाज र राष्ट्रका लागि दक्ष, योग्य र अनुशासित नागरिक तयार पार्नु। अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व विकास गर्नु। राष्ट्र र राष्ट्रियताप्रति निष्ठावान्, सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य–मान्यताप्रति प्रतिबद्ध, स्वाभिमानी, सामाजिक तथा सांस्कृतिक विविधतालाई सम्मान गर्ने, चरित्रवान्, नैतिकवान् एवम् जिम्मेवार नागरिक तयार गर्नु। व्यक्तिको सामाजिकीकरणमा सहयोग गर्दै सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता सुदृढ गर्न योगदान पुर्याउनु।To prepare skilled, competent, and disciplined citizens for society and the nation. To nurture inherent talents and promote personality development. To produce loyal, self-respecting, moral, and responsible citizens committed to nationalism, federal democratic republican values, and respectful of social and cultural diversity. To support socialization, strengthen social harmony, tolerance, and national unity.
इतिहास विवरण थपिएको छैन।History entries coming soon.

प्रिय विद्यार्थी, अभिभावक, शिक्षक तथा शिक्षाप्रेमी महानुभावहरू, शिक्षा मानिसको जीवनलाई सही दिशा दिने महत्त्वपूर्ण माध्यम हो । विद्यार्थीको सर्वाङ्गीण विकास, अनुशासन, नैतिकता, सिर्जनशीलता र व्यावहारिक…Dear Students, Parents, Teachers, and Education Enthusiasts, Education is a vital means of guiding human life in the right direction. The foremost responsibility of a school is to foster the holistic…
पूरा सन्देश पढ्नुहोस् →Read full message →
आदरणीय अभिभावकज्यूहरू, शिक्षक–कर्मचारीहरू, प्रिय विद्यार्थीहरू तथा सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरू, श्री मालिका माध्यमिक विद्यालय ज्ञान, सिप, संस्कार र अनुशासनयुक्त शिक्षा प्रदान गर्दै विद्यार्थीहरू…Respected Parents, Teachers and Staff, Dear Students, and Esteemed Education Enthusiasts, Shree Malika Secondary School is an educational institution continuously dedicated to shaping the bright futur…
पूरा सन्देश पढ्नुहोस् →Read full message →